Home मुख्य समाचार बकैयामा मृत भेटिएका बालकको हत्या आशंकामा प्रहरीले थाल्यो अनुसन्धान, मृतक बालकका फुपुका...

बकैयामा मृत भेटिएका बालकको हत्या आशंकामा प्रहरीले थाल्यो अनुसन्धान, मृतक बालकका फुपुका छोरासहित दुईजना पक्राउ

सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा शुक्रबार मृत भेटिएका बालकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले हत्या भएको आशंकामा मृतक बालकका फुपुका छोरासहित दुईजनालाई शुक्रबारै नियन्त्रणमा लिएको छ ।

भदौ १३ गतेदेखि हराइरहेका ९ वर्षीय मनिष भोलनको शव शुक्रबार बिहान गडुवान खोला छेउको झाडीमा फेला परेको थियो । बालकको शवको अवस्था हेर्दा हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता रानाका अनुसार बालकको हत्या भएको आशंकामा मृतक बालकका फुपुका छोरा २७ वर्षीय मंगलसिंह वाईबासहित २९ वर्षीय सुवास वाईबालाई पक्राउ गरिएको छ । पक्राउ परेका दुबैजनासँग घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version