हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–२ मा भएको स्वास्थ्य शिविरमा १ सय ९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार जनस्वास्थ्य कार्यालय मकवानपुर र मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा शिविर भएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
शिविरमा महिलाहरुमा हुन सक्ने अब्स्ट्रेटिक फिस्टुला, पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर लगायत प्रजनन् स्वास्थ्य रुग्णताको जाँच गरिएको थियो । शिविरमा एक जना जनरल मेडिसिन र एक जना फिजिसिएन डाक्टरले स्वास्थ्यजाँच गरेका थिए । जाँचका क्रममा एक जनामा समस्या भेटिएको उहाँले बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि आएका महिलाहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
