Home मुख्य समाचार २ जिल्लामा दुई जना मृत फेला

२ जिल्लामा दुई जना मृत फेला

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा दुई जना मृत फेला परेका छन् । बुधबार प्रदेशको चितवन र धादिङ जिल्लामा दुई जना मृत फेला परेको बागकती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको खैरहनी नगरपालिका–८ स्थित मगनी चोकको प्रतिक्षालयमा एक बेवारिसे पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान ८ बजेको समयमा हाल नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धनको क्रममा पुरुष मागी खाई हिँड्ने व्यक्ति रहेको स्थानियले जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चितवनस्थित सरकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६ स्थित आँखुखोलामा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८२ वर्षीया दिलमाया श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो ४ बजेर ४२ मिनेटको समयमा आँखुखोलामा श्रेष्ठ मृत फेला परेकी थिइन् । अनुसन्धानको क्रममा श्रेष्ठ विगत ८–१० वर्षदेखि मानसिक रोगको औषधि सेवन गर्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version