Home मुख्य समाचार भीमफेदी र मनहरीमा सवारी दुर्घटना, ४ जना घाइते

भीमफेदी र मनहरीमा सवारी दुर्घटना, ४ जना घाइते

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिका सवारी दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । एकैदिन छुट्टाछुट्टै सवारी दुर्घटनामा भीमफेदीमा २ जना र मनहरीमा २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार भिमफेदी–१, सुपारेटार व्यारेक नजिक हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०१–०२४ च ४२७५ नम्बर बोलेरोले र भैँसेबाट हेटाँैडा बजारतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ९०२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परेर स्कुटर चालक भिमफेदी–६, धोर्सिङका ३३ वर्षीय दिनेश राना मगर र पछाडी सवार २९ वर्षीय उज्वल पुलामी मगर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि हेटौँडा असपताल पठाइएकोमा समान्य उपचार पश्चात उज्वललाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । बोलेरो चालक हेटौँडा–६, चौघडाका २३ वर्षीय विनोद राई जिल्ला प्रहरी कार्यालयको मकवानपुरको नियन्त्रणमा रहेको छ ।

यस्तै, शनिबार नै मनहरी–७, मनकामना मन्दिर अगाडि रमौलीबाट मनहरीतर्फ जाँदै गरेको ना ५३ प ५१४३ नम्बरको मोटरसाइकलले र मनहरीबाट रमौलितर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियोे । दुर्घटनामा परेर मोटरसाइकल चालक मनहरी–७ का २९ वर्षीय राजकुमार स्याङ्तान र साइकलयात्री राक्सिराङ–५ का ३९ वर्षीय आशिष स्याङ्तान घाइते भएका छन् । घाईतेहरुलाई मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनतर्फ पठाइएको छ । मोटरसाइकल र साइकल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version