Home खेलकुद राष्ट्रिय महिला भलिबल : उपाधिका लागि डायमण्ड क्लब र केशवाल स्मृति प्रतिष्ठान...

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि डायमण्ड क्लब र केशवाल स्मृति प्रतिष्ठान भिड्ने

हेटौँडा : हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा काठमाडौँको न्यू डायमण्ड स्पोट्र्स क्लब र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान भिड्ने भएको छ । आइतबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा लुुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब पाल्पालाई हराएर केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान फाइनलमा प्रवेश गरेको हो ।

आइतबार भएको खेलमा प्रतिष्ठानले स्टेप क्लबलाई २५–१६, २५–७ र २५–२० को सोझो सेटमा सहजै पराजित गरेको हो । डायमण्ड क्लब यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै काठमाडौँको न्यु डायमण्ड स्पोट्र्स क्लब फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल आइतबार (आज) दिउँसो १ बजे हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद प्रदान गरिने छ । प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमहरुको सहभागिता रहेको छ ।

Exit mobile version