हेटौँडा : इंग्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनलले गएरातीको खेलमा जित दर्ता गरेको छ । आर्सनलले एभर्टनलाई २-० गोलअन्तरले पराजित गर्दै दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको दूरी बढाएको छ । ३१ खेलमा ७० अंकसहित आर्सनल शीर्षस्थानमा छ भने ३० खेल खेलेको सिटी ६१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
शनिबार राती नै भएको अन्य खेलमा ब्राइटनले सन्डरल्याण्डलाई १–० गोलअन्तरले पराजित गर्दा न्यू क्यासल युनाइटेडले चेल्सीलाई १-० गोलअन्तरले पराजित गरेको छ । बर्नले र बर्नमाउथबीचको खेल भने गोलरहित बराबरीमा सक्किँदा म्यान्चेस्टर सिटीले वेस्टह्यामसँग १–१ को बराबरी खेलेको छ ।
इंग्लिस प्रिमियर लिगमा नेपाली समयअनुसार आज आइतबार साँझ ७ बजेर ४५ मिनेटमा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दा म्यान्चेस्टर सिटीले एस्टन भिल्लासँग खेल्नेछ । नटिङ्घम फरेष्टले फुलहमसँग खेल्दा राती १० बजेर १५ मिनेटमा लिभरपुलले टोटनहमसँग खेल्नेछ ।
