हेटौँडा : सिटिइभिटीको पाठ्यक्रममा आधारित भएर लेभल १ (३९० घण्टा) को मन्टेश्वरी शिक्षासम्बन्धी तालिममा सहभागी प्रशिक्षार्थी दीक्षित भएका छन् ।
हेटौँडा–४ स्थित पेन्टागन एकेडेमीले सञ्चालन गरेको तालिममा १५ जना सहभागी थिए । पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको अध्यक्षता तथा बागमती प्रदेश सिटिइभिटीकी कार्यकारी निर्देशक शान्ति लामाको प्रमुख आतिथ्यमा शनिबार दीक्षान्त समारोह भएको हो । कार्यक्रममा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो । तालिममा सहभागीलाई प्राप्त ज्ञान, सीप र दक्षताको उपयोग गरी रोजगारीको अवसर प्राप्त गर्न वक्ताहरुले सुझाव दिएका छन् ।
