Home मुख्य समाचार मकवानपुरमा मतगणना सुरु

मकवानपुरमा मतगणना सुरु

मतगणना गर्दै । फाइल तस्वीर ।

हेटौँडा : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा मत गणना सुरु भएको छ । बिहान १०:३० बजेबाट सरु गर्ने भनिएको मत गणना केही समय ढिला गरी थालिएको हो । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको २ वटा भवनमा मतगणना थालिएको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को मत गणना थालिएको मुख्य निर्वाचन अधिकृत गिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुर–१ को गणनाको लागि तयारी भइरहेकाले केही समयमा नै सुरु हुनेछ ।

मकवानपुरको दुवै क्षेत्रमा गरी ५९ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाको कुल मतदाता सङ्ख्या ३ लाख १५ हजार ३३४ रहेकोमा १ लाख ८६ हजार ५५१ मत खसेको छ । मकवानपुरमा ९६ हजार ६३४ जना पुरुषले मतदान गरेका छन् भने, ८९ हजार ९१२ जना महिलाले मत खसालेका छन्। अन्य पाँच जना मतदानमा सहभागी भएका छन् ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–१ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला र चार अन्य गरि कुल ९५ हजार ३१० मत खसेको छ । त्यस्तै मकवाननपुर– २ मा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र १ अन्य गरी ९१ हजार २४१ मत खसेको छ।

Exit mobile version