Home मुख्य समाचार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तयार

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तयार

बाघभैरव माध्यमिक विद्यालयमा तयार पारिएको मतदानस्थल ।

हेटौँडा : भोलि बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थल तयार भएको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल तयार पारेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–९ स्थित बाघभैरव माध्यमिक विद्यालयमा खटिएको कर्मचारीको टोलीले बुधबार बिहानै मतदानस्थल तयार पारिएको जनाएको छ । मतदान अधिकृत हरेराम आचार्यका अनुसार बुधबार नै सर्वदलीय बैठक सम्पन्न गरिएको छ । बाघभैरव माध्यमिक विद्यालय मतदान केन्द्रमा ९ सय ५९ मतदाता छन् ।

मंगलबार सर्वदलीय बैठकमा सहभागी प्रतिनिधिहरु ।

Exit mobile version