हेटौँडा : धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१४ लामिछाने टोलस्थित भित्री सडक खण्डमा कार दुर्घटना हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राती १० बजेर ३० मिनेटको समयमा छापबाट लामिछाने टोलतर्फ जाँदै गरेको बा.३ च.४५५२ नम्बरको कार सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा कार चालक सोही स्थानका ४० वर्षीय तारा प्रसाद लामिछाने घाइते भएका थिए । उनको जिल्ला अस्पताल धादिङबेशीमा सामान्य उपचार पश्चात थप उपचारका लागि मनमोहन अस्पताल स्वयम्भु लगिएको थियो । उनलाई उपचारको क्रममा मंगलबार बिहान ६ बजेर ३७ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
