Home अर्थ/व्यापार दुई घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति

दुई घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–२ स्थित अगारे र टाखेलमा गएराति दुई घरमा आगलागी हुँदा ५ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अर्को घर आंशिक नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार राती ९ बजेको समयमा थाहा नगरपालिका–२ अंगारेका गुप्त कार्कीको नयाँ घरसँगै रहेको जस्तापाताले छाएको पुरानो कच्ची घरमा पूजा गर्ने क्रममा बालिएको दियोबाट आगो सल्किएको थियो । आगलागीबाट गुप्त कार्कीकी श्रीमती ६१ वर्षीया सान्नानी कार्की धुवाका कारण निस्सासिएर घाइते भएकी थिइन् । उनको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा भइरहेको छ । आगलागीबाट घर आंशिक रूपमा जलेको छ भने काठ, अन्नपात तथा कागजातसमेत गरी ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा राती १० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।

यसैगरी थाहा नगरपालिका–२ टाखेलका चन्द्रबहादुर देउलाको नयाँ घरबाट ५ सय मिटर उत्तरतर्फ रहेको ढुंगा–माटोले बनेको, जस्तापाताले छाएको मानिस नबस्ने पुरानो कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागिबाट २ लाख बराबरको क्षति भएको छ भने मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version