हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, नेवारपानीमा बसबाट ओर्लने क्रममा लड्दा एक जना युवती गम्भीर घाइते भएकी छिन् । मंगलबार दिउँसो २ बजेर ५५ मिनेटको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख १५९६ नम्बरको बसबाट ओर्लने क्रममा लडेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बस गुडिरहेको अवस्थामा सोही बसमा सवार नेवारपानीकी २४ वर्षीया राधा बिष्ट लडेर सडकछेउमा रहेको ढुंगामा टाउको ठोकिँदा गम्भीर घाइते भएकी हुन् । घाइते बिष्टको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि उनलाई नयाँ मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको छ । बस चालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ ।
