हेटौँडा : अवैध लागूऔषध अफिमसहित मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–४ का २८ वर्षीय रविन्द्र सिन्तान र ३६ वर्षीय रामबहादुर डिम्डुङलाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो साढे १ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौँडा–११, थानाभ¥याङबाट ना ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाईकलमा सवार रविन्द्र र रामबहादुरको साथबाट २ किलो अफिम बरामद भएको जनाएको छ । प्रहरीले रविन्द्र र रामबहादुरलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
