Home मुख्य समाचार गोठमा आगलागी हुँदा ५ लाखको क्षति

गोठमा आगलागी हुँदा ५ लाखको क्षति

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१८, एक्लेखेतस्थित एक गोठमा शनिबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय ४५ वर्षीय नारायण चुहानको घरसँगै जोडिएको काठले बनेको गोठमा बिजुलीको तार सर्ट भई आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गोठमा लागेको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सक्रियतामा राति ७ बजेर ४५ मिनेटको समयमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट काठले बनेको गोठ र त्यहाँ भित्र रहेका काठपातहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीबाट मानवीय र चौपाया क्षति नभए पनि करिब ५ लाख रुपैयाँ बराबरको जिन्सी सामान क्षति भएको जानकारी दिएको छ ।

Exit mobile version