Home मुख्य समाचार सोलिड्यारिटीको अभिभावक दिवस सम्पन्न, शिक्षक, विद्यार्थी, पत्रकार सम्मानित

सोलिड्यारिटीको अभिभावक दिवस सम्पन्न, शिक्षक, विद्यार्थी, पत्रकार सम्मानित

अभिभावक दिवसको अवसरमा नृत्य गर्दैै विद्यार्थी । तस्वीर : महेन्द्र ओझा ।

हेटौँडा : हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको ३३औं अभिभावक दिवस शुक्रबार मनाइएको छ । अभिभावक दिवसमा विद्यार्थीले उद्घोषण, नृत्य, नाटक, गायन कला प्रस्तुत गरेका छन् । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका निमित्त प्रमुख हरिशचन्द्र सापकोटाको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो ।

अभिभावक दिवसको अवसरमा विद्यालयले शिक्षक, विद्यार्थी र पत्रकारलाई सम्मान गरेको छ । ‘उत्सवहरुको सम्बन्ध’ मूलभावसहित मनाइएको अभिभावक दिवसमा सोलिड्यारिटीले हरेक वर्ष प्रदान गर्ने सोलिड्यारिटी शैक्षिक सम्मान–२०८२ बाट पत्रकार राममणि दाहाल सम्मानित हुनुभएको छ । उहाँलाई १० हजार नगदसहित सम्मान गरिएको हो । सोलिड्यारिटीले वर्ष शिक्षक सम्मान–२०८२ बाट मायादेवी छत्कुलीलाई सम्मान गरेको छ । वर्ष शिक्षक सम्मानसहित मायादेवीले मासिक तलब एक ग्रेड बराबरको तलब वृद्धि हुनेछ । वर्ष विद्यार्थीको सम्मान रियन ठाकुरले प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई ४ लाख ५० हजार बराबरको प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

यसअघि सोलिड्यारिटीले कक्षा पूर्वप्राथमिक तह र कक्षा १ को अभिभावक दिवस माघ ६ गते, कक्षा–२ देखि ५ सम्मको अभिभावक दिवस माघ १५ गते आयोजना गरिएको थियो । कार्यक्रममा प्याव्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, मकवानपुर जिल्ला अध्यक्ष विनोद सुवेदीको पनि आतिथ्य रहेको थियो । अभिभावक दिवस समारोहसँगै विद्यालय परिसरमै कारखाना विज्ञान प्रदर्शनीको समेत आयोजना गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीले विविध विषयमा प्रदर्शनी गरेका थिए । प्रदर्शनीको अतिथि तथा अभिभावकले अवलोकन गरेका थिए । १२ कक्षासम्म पठनपाठन हुने सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version