हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिकामा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार राति भरतपुर–३, बाह्रघरका तेजबहादुर पाठकको मृत्यु भएकोे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ५५ वर्षीय पाठक स्थानीय जंगलमा बस्दै आएका थिए । शनिबार राति १० बजेर ३० मिनेटको समयमा गैँडाले आक्रमण गर्दा पाठकको घटनास्थलमै मृत्यु भएको थियो । भरतपुर सरकारी अस्पतालमा पोस्टमार्टम गरेपछि शव परिवारलाई बुझाइएको प्रहरी जनाएको छ ।
