Home खेलकुद रविन्द्र र सुरेन्द्रलाई व्याडमिन्टनको उपाधि

रविन्द्र र सुरेन्द्रलाई व्याडमिन्टनको उपाधि

उपाधि विजेता रविन्द्र नेपाल र सुरेन्द्र कार्कीको जोडी ।

हेटौँडा : नेपाल दुरसन्चार कम्पनी लिमिटेडको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताको उपाधि रविन्द्र नेपाल र सुरेन्द्र कार्कीको जोडीले जितेको छ ।

जिल्ला, प्रदेश हुँदै शनिबार सम्पन्न राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने हेटौँडाका रविन्द्र नेपाल र सुदुरपश्चिम प्रदेशको धनगढीका सुरेन्द्र कार्कीको जोडीले उपाधि जितेको हो । ७ प्रदेशका १२ जना खेलाडीको सहभागिता रहेको थियो । शुक्रबार र शनिबार काठमाडौंमा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको हो । रविन्द्र र सुरेन्द्रको जोडीले शोभाकर भण्डारी र महेन्द्र लुइँटेलको जोडीलाई पराजित गर्दै उपाधि जितेका हुन् । रविन्द्र र सुरेन्द्रको जोडीले नगद ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Exit mobile version