Home मुख्य समाचार सवारी दुर्घटनामा ६ जना घाइते

सवारी दुर्घटनामा ६ जना घाइते

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । शुक्रबार मोटरसाइकल र स्कुटर दुर्घटनामा ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडेमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ३ बजेको समयमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश २–०२–००२ प ५४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५७ प ७९३७ नम्बरको स्कुटर एकआपसमा ठोकिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक ४४ वर्षीय नेत्र पुलामी, स्कुटर चालक २३ वर्षीय समिर तामाङ र पछाडी सवार १९ वर्षीया निकिता श्रेष्ठ घाइते भएका थिए । घाइते तिनै जनाको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ ।

यस्तै हेटौँडा–६ रामनगर भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा चिसापानीबाट हरियाली तर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५४०३ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–०२६ प ६३८५ नम्बरको मोटरसाइकल ठोकिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटर चालक ३६ वर्षीय यम बहादुर गुरुङ, पछाडी सवार ४० वर्षीया राधिका दाहाल र मोटरसाइकल चालक ४६ वर्षीय रामहरी कार्की घाइते भएका थिए । घाइते तिनै जनाको हेटौँडा अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुबै दुर्घटना स्थलबाटोमा अवरोध नभएको र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version