Home खेलकुद मकवानपुर बहुमुखी क्याम्पसको वार्षिक उत्सवमा विविध कार्यक्रम

मकवानपुर बहुमुखी क्याम्पसको वार्षिक उत्सवमा विविध कार्यक्रम

मकवानपुर बहुमुखी क्याम्पसको वार्षिक खेलकुद कार्यक्रमको उद्घाटन गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेल।

हेटौँडाः सोमबारदेखि हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको ४६ औँ वार्षिक उत्सव सुरु भएको छ । सोमबार स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रसिद्ध रेग्मीको सभाध्यक्षता र क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको प्रमुख आतिथ्यमा उद्घाटन समारोह भएको थियो ।

वार्षिक उत्सवको अवसरमा क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले सप्ताहव्यापी विभिन्न खेलहरु आयोजना गर्ने सभापति रेग्मीले बताउनुभयो । सोमबारदेखि मंगलबारसम्म क्याम्पस प्राङ्गणमा भलिबल प्रतियोगिता भएको थियो । मंगलबार गायन र नृत्य प्रतियोगिताको अडिसन र चेस प्रतियोगिता भएको छ । गायन र नृत्यको अडिसनमा छनोट भएकाहरुको माघ १९ गते प्रतिस्पर्धा हुने सभापति रेग्मीले बताउनुभयो ।

आज बुधबार फुटबल र हाजिरीजवाफ प्रतियोगिता हुँदैछ । बिहीबार क्रिकेट, बास्केटबल र कविता प्रतियोगिता हुनेछ । यस्तै, आइतबार डोरी तान्ने, ईफुटबल र ५ किलोमिटर म्याराथन दौड प्रतियोगिता हुनेछ ।

माघ १९ गते क्याम्पस स्थापना दिवसको दिन हुने समापन कार्यक्रममा प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ । विजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेटा टोलीले १ वर्षको लागि क्याम्पसको आधिकारिक टिमको मान्यता पाउने सभापति रेग्मीले बताउनुभयो । प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । वार्षिक उत्सवको लागि क्याम्पसको वार्षिक बजेटमा रकम छुट्याइएको छ ।

Exit mobile version