हेटौँडा : वडास्तरीय शिक्षक ‘५ ए साइड’ फुटबल प्रतियोगिताको उपाधि नवोदय शिशु सदनले जितेको छ । शनिबार भएको फाइनल खेलमा नवोदय शिशु सदनले ब्रह्मदिक् एकेडेमीलाई पराजित गर्दै उपाधि जितेको हो ।
फाइनल खेलमा नवोदय शिशु सदनले ब्रह्मदिक् एकेडेमीलाई १७–१ गोलअन्तरले पराजित गरेको हो । नवोदयको तर्फबाट माधव भुर्तेलले ४ गोल, सुनिल मल्ल, बिजेन लामा र किशोर श्रेष्ठले समान ३÷३ गोल, किसन दासले २ गोल, अजय बजगाई र कविर गौतमले समान १/१ गोल गरेका थिए । ब्रह्मदिक् एकेडेमीका सन्देश तामाङले सन्त्वाना गोल गरेका थिए ।
प्रतियोगिताभरमा १३ गोल गर्दै माधव भुर्तेल सर्वोत्कृष्ट गोलकर्ता र ब्रह्मदिक्लाई फाइनसम्म पुर्याउन ७ गोल र ३ असिस्ट गरेका अनुज कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को आयोजना तथा ब्रह्मदिक् एकेडेमीको व्यवस्थापनमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गतका ४ वटा विद्यालयको सहभागिता रहेको थियो । फागुन ७ गते पुरस्कार वितरण गरिने खेल संयोजक अनुज कार्कीले जानकारी दिनुभयो ।
