Home मुख्य समाचार मकवानपुरको २ क्षेत्रमा ७ महिलासहित ४४ जना उम्मेद्वार

मकवानपुरको २ क्षेत्रमा ७ महिलासहित ४४ जना उम्मेद्वार

हेटौँडा : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरको २ वटा निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार सम्पन्न मनोनयन दर्ताको कार्यक्रममा क्षेत्र नम्बर १ बाट २३ जना र क्षेत्र नम्बर २ बाट २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउने मध्ये क्षेत्र नम्बर १ मा १३ जना दलीय उम्मेद्वार १० जना स्वतन्त्र उम्मेद्वार छन् । यस्तै क्षेत्र नम्बर २ मा १६ जना दलीय उम्मेद्वार र ५ जना स्वतन्त्र उम्मेद्वार छन् । क्षेत्र नम्बर १ बाट ५ जना महिलाले उम्मेद्वारी दर्ता गराएका छन् भने १८ जना पुरुष छन् । यस्तै क्षेत्र नम्बर २ बाट २ जना महिला छन् । क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिने ५ जना महिलामध्ये ३ जना दलीय उम्मेद्वार छन् भने २ जना स्वतन्त्र छन् । यस्तै क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने दुबै महिला स्वतन्त्र छन् ।

Exit mobile version