हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंशाकारले टिकट नपाएपछि पैसा बिना राजनीति सम्भव नरहेको टिप्पणी गरेकी छिन् । मकवानपुर १ बाट उम्मेद्वारी घोषणा गरेकी रास्वपा केन्द्रीय सदस्य कंशाकारले बिना पैसा राजनीति हुँदैन भन्ने प्रमाणित भएको बताएकी हुन् ।
उनले सामाजिक संजाल मार्फत् रास्वपाको टिकट वितरणमा असन्तुष्टि व्यक्त गरेकी हुन् । मकवानपुर १ मा प्रकाश गौतमलाई रास्वपाले उम्मेदवार बनाएको छ । यसअघि रास्वपाको समानुपातिक सूचीमा सांसद बनेकी कंशाकार आगामी निर्वाचन प्रत्यक्षबाट मकवानपुर १ बाट लड्ने तयारीमा थिइन् । ‘बिना पैसा राजनीति हुँदैन भन्ने आज प्रमाणित भयो ।’ उनले लेखेकी छिन् । उनले केही मिनेटमै फेसबुक पोष्ट भने हटाइकी छिन् ।
