Home मुख्य समाचार कोरोना बारे सचेत गराउँदै बेरोजगार युवा सङ्गठनले बाँड्यो मास्क

कोरोना बारे सचेत गराउँदै बेरोजगार युवा सङ्गठनले बाँड्यो मास्क

हेटौंडाः मकवानपुर बेरोजगार युवा संगठनले ‘आफू पनि बाचौं, अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ कोरोना भाइरसबाट बच्न सचेत गराउँदै आज हेटौंडा वडा नम्बर ९ स्थित शान्ति टोल र मिलन टोलमा ५०० वटा मास्क वितरण गरेको छ ।

दिन प्रतिदिन कोरोना महामारी बढ्दो रुपमा रहेकोले यसबाट विश्व आतङ्कित भइरहँदा मकावानपुर पनि यसबाट अछुतो नरहेको अवस्थाका बीच कोरोनाबाट जो कोही पनि सङ्क्रमित हुन सक्ने भएकोले सचेत गराइएको मकवानपुर बेरोजगार युवा सङ्गठनका अध्यक्ष सुरेश वेरोजगारले बताउनु भयो ।

Exit mobile version