Home मुख्य समाचार हेटौँडामा प्रदेशस्तरीय विज्ञान प्रदर्शनी

हेटौँडामा प्रदेशस्तरीय विज्ञान प्रदर्शनी

विज्ञान प्रदर्शनीमा सहभागी एक विद्यालयले व्यवस्थित सहरको नमूना प्रदर्शन गर्दै ।

हेटौँडा : बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हेटौँडामा सञ्चालन भइरहेको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको आयोजनामा बागमती प्रदेशका १२ जिल्लाका विद्यालयको सहभागिता रहेको छ ।

जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएका विद्यालयहरु प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका हुन् । बागमती प्रदेशको दोलखा जिल्लाको सहभागिता रहेको छैन । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने छ ।

प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ । मकवानपुरबाट हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल सहभागी छ ।

Exit mobile version