Home मुख्य समाचार सिद्धार्थको स्वर्ण महोत्सवमा २८ जनाले रक्तदान गरे

सिद्धार्थको स्वर्ण महोत्सवमा २८ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको आयोजनामा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । शनिबार विद्यालयले ५० औँ वार्षिकोत्सव (स्वर्ण महोत्सव) को अवसर पारेर रक्तदान कायक्रमको आयोजना गरेको हो ।

विद्यालयले स्वर्ण महोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । केन्द्रका प्राविधिक किशोर सापकोटाको अनुसार आइतबार एचआईडीमा पनि रक्तदान कार्यक्रम हुँदैछ ।

Exit mobile version