Home मुख्य समाचार हेटौँडामा ३०४ औँ पृथ्वी जयन्ती मनाइयो

हेटौँडामा ३०४ औँ पृथ्वी जयन्ती मनाइयो

हेटौँडाः ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हेटौँडामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । द काउन्सिल अफ जेनजी मकवानपुर र स्वतन्त्र युवाहरूको संयुक्त आयोजनामा कार्यक्रम भएकोे हो ।

द काउन्सिल अफ जेनजी मकवानपुरका संयोजक सुगम नेगीको सभाध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले राष्ट्र निर्माण र सामाजिक रूपान्तरणमा युवाहरूको भूमिका अग्रणी हुने बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानको चर्चा गर्दै अब विकास र समृद्धिका लागि युवा शक्तिलाई एकजुट भएर सहकार्य गर्नसमेत आह्वान गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा र सञ्चारकर्मी रुपक कालीराजको उपस्थिति थियो ।

Exit mobile version