Home मुख्य समाचार मकवानपुरगढीमा रुखबाट लडेर एक जनाको मृत्यु

मकवानपुरगढीमा रुखबाट लडेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय राजकुमार हुमागाई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो १२ बजेको समयमा आफ्नै बारीमा रहेको चाँपको रुखमा चढी घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । हुमागाईंलाई हेटौँडा अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएकोमा राती ९ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Exit mobile version