Home मुख्य समाचार हेटौँडा–४ सिमाचोकमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जना घाइते

हेटौँडा–४ सिमाचोकमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जना घाइते

हेटौँडा : हेटौँडा–४ सिमाचोकमा दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् । बुधबार राती ७ बजेर ५० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा बुद्धचोकतर्फबाट कर्रातर्फ जाँदै गरेको बा.प्र.०३–०६ प ३३१३ नम्बरको बुलेट र विपरीत दिशाबाट आउँदै गरेको ना.४६ प ९६२५ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोकिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा बुलेट चालक हेटौँडा–१३, पदमपोखरीका ३२ वर्षीय बुद्धिलाल गोलेको मकवानपुर सहकारी अस्पतालमा उपचार भैरहेको छ । यस्तै पल्सर चालक मनहरी गाउँपालिका–१, गोगनपानीका २३ वर्षीय सुजन मुक्तान र पछाडिको सवार हेटौँडा–१८, शिखरपानीकी २८ वर्षीया सोनिया थिङ सामान्य घाइते भएका थिए । उनिहरुको हेटौँडा अस्पतालमा उपचार पश्चात सुजन डिस्चार्ज भइसकेका भने सोनियाको उपचार भई रहेको छ ।

Exit mobile version