Home मुख्य समाचार ट्रिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक मानबहादुरको मृत्यु

ट्रिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक मानबहादुरको मृत्यु

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१६ सिपाली चोकमा ट्रिपरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार साँझ ७ बजेर १५ मिनेटको समयमा मदन भण्डारी लोकमार्ग (धरान–चतरा सडक खण्ड) अन्तर्गत सिपाली चोकमा हटियाबाट ठुलोदमार जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४३ नम्बरको १० चक्के ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ३१९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१७ बालबोध स्कुल नजिक बस्ने ४२ वर्षीय मानबहादुर मानन्धर गम्भीर घाइते भएका थिए । उनलाई हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो । उपचारको क्रममा मंगलबार राती ८ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रिपर चालक मकवानपुरगढी गाउँपालिका–७ सुकौरा बस्ने ४० वर्षीय तिलकबहादुर पाख्रिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version