Home मुख्य समाचार मोटरसाइकल दुर्घटनामा चालक तृशलको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालक तृशलको मृत्यु

हेटौँडा : चितवन जिल्लाको रत्ननगर नगरपालिका–९ टिकौलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान २ बजेर ४५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको बा.प्र. ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तृशल महतो र पछाडि सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि सेन्ट्रल अस्पताल, भरतपुर लगिएको थियो । उपचारको क्रममा चालक तृशलको बिहान ३ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version