Home मुख्य समाचार मोटरसाइकल दुर्घटनामा मदनको मृत्यु

मोटरसाइकल दुर्घटनामा मदनको मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, खगेरी पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार राती ९ बजेर ४५ मिनेटको समयमा भित्री बा.प्र. ०६–००६ प २२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा कालिका नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय मदन कुमार श्रेष्ठ घाइते भएका थिए । मदनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा राति १० बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version