Home खेलकुद सातौँ बकैया कप फुटबल पुसको अन्त्यमा हुने

सातौँ बकैया कप फुटबल पुसको अन्त्यमा हुने

हेटौँडा : बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सातौँ बकैया कप फुटबल प्रतियोगिता पुस महिनाको अन्त्यमा हुने भएको छ । पुरुष र महिलातर्फको नकाउट फुटबल प्रतियोगिता पुस २८ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सबै खेल बकैया–३, जलजलेस्थित बकैया रङ्गशालामा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर १ बाहेकका सबै वडाले सहभागिता जनाउन पाउनेछन् । महिलातर्फ सबै वडा सहभागी हुन पाउनेछन् । पुस १९ गतेसम्म टिम दर्ता गराउन पाइनेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फको विजेता टोलीले १ लाख र उपविजेता टोलीले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फको विजेता टोलीले ५० हजार र उपविजेता टोलीले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीसहित विधागत पुरस्कार पनि प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफीसहित नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Exit mobile version