हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराफाँटमा ३२ वर्षीया महिलाले आत्मदाह गरेकी छन् । हरिहरपुरगढी–४ महेन्द्रझ्याडी स्थायी घर भइ हाल कमलामाई नगरपालिका–४ धुराफाँटमा बसोबास गर्दै आइरहेकी ३२ वर्षीया सुशीला बम्जनले शरीरमा आगो लगाएर आत्मदाह गरेकी हुन् ।
आइतबार साँझ उनले आफ्नै घरको कोठामा पेट्रोलियम पदार्थ छर्की आत्मदाह गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार सुशीलाको शरीरमा आगो लागेको देखेर आगो निभाउने क्रममा सुशीलाका ससुरा दुर्गामान बम्जन समेत घाइते भएका छन् । घाइते दुर्गामानको प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सुवेदीको भनाई छ ।
