Home मुख्य समाचार राप्तीका निसान र सागर लागूऔषध गाँजासहित हेटौँडाबाट पक्राउ

राप्तीका निसान र सागर लागूऔषध गाँजासहित हेटौँडाबाट पक्राउ

प्रहरीले निसान र सागरको साथबाट बरामद भएको लागूऔषध गाँजा ।

हेटौँडा : प्रतिबन्धित लागूऔषध गाँजासहित चितवन जिल्लाको राप्ती नगरपालिका–१२ का १९ वर्षीय निसान प्रजा र १८ वर्षीय सागर प्रजालाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । बुधबार दिउँसो २ बजेर १५ मिनेटको समयमा हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुरक्षाजाँच गर्ने क्रममा निसान र सागरको साथबाट प्रहरीले ११ किलो १३० ग्राम लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चितवनबाट बीरगन्जतर्फ जाँदै गरेको ना ६ ख १६१७ नम्बरको यात्रुबाहक बसमा सुरक्षाजाँच गर्ने क्रममा निसान र सागरलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई मकवानपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version