Home मुख्य समाचार एमाले केन्द्रीय सदस्यमा बागमतीका पूर्वसभामुख पराजित

एमाले केन्द्रीय सदस्यमा बागमतीका पूर्वसभामुख पराजित

बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ ।

हेटौँडा : एमाले केन्द्रीय सदस्यमा बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पराजित हुनुभएको छ । एमालेको ११ औं महाधिवेशनमा भूगोल राजधानी विशेष खुलातर्फ प्रतिस्पर्धा गर्नुभएका उहाँ पराजित हुनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्यानलबाट प्रतिस्पर्धा गर्नुभएका उहाँले सो क्लस्टरमा आवश्यक ५ सदस्य मध्ये अन्तिम तेस्रो स्थानमा रहनु भयो । चुनावी प्रतिस्पर्धामा रहेका १० जना मध्ये श्रेष्ठले ७३९ मत पाउनुभयो । उक्त क्लस्टरमा बागमती प्रदेशका पूर्वामन्त्री रामेश्वर फुयाल, पूर्व सांसद गणेश दुलालले जित हासिल गर्नुभयो । फुयालले १ हजार ५१२ मत प्राप्त गर्दा दुलालले १ हजार ४०१ मत प्राप्त गर्नुभयो । सो क्लस्टरमा रमेश बडालले १ हजार ४६५ मत, प्रेम कुमार पराजुलीले १ हजार ३९५ मत र हरिकृष्ण व्यञ्जनकारले १ हजार ३८४ मतसहित निर्वाचित हुनुभएको छ ।

उक्त पदमा प्रतिस्पर्धा गर्नुभएका कृष्ण बहादुर राईले ८४१ मत, नवराज सिलवालले १ हजार ४८ मत, सोम प्रसाद मिश्रले ६८४ मत र उद्धव खरेलले ६६६ मत प्राप्त गर्नुभयो ।

Exit mobile version