Home मुख्य समाचार एमाले केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जना विजयी

एमाले केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जना विजयी

मकवानपुरबाट विजयीहरुको तस्वीर ।

हेटौँडा : नेकपा एमाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि दावी गर्दै चुनावमा होमिएका ५ जनाले जित निकालेका छन् । काठमाडौंमा सम्पन्न नेकपा एमाले ११ औँ महाधिवेशनको अन्तिम चुनावी मत परिणाममा केन्द्रीय सदस्यमा भारती पाठक, रामेश्वर राना, महेश बर्तौला, एकालाल श्रेष्ठ र नवीन सिग्देल विजयी हुनुभएको छ । एमाले अध्यक्ष केपी शार्म ओली प्यालनमा रहेका ५ जनालाई निर्वाचनमा जित निकालेका हुन् भने चुनावी प्रतिस्पर्धामा रहेका २ जना पराजित भएका छन् ।

मकवानपुरबाट केन्द्रीय सदस्य पदमा ७ जनाको उम्मेदवारी रहेकोमा कृष्ण दाहाल र देवकृष्ण विक पराजित हुनु भएको छ । पराजित भएका दाहाल र विक ईश्वर पोखरेल प्यानलबाट उम्मेद्वारी दिएका थिए । बागमती प्रदेशसभाकी सदस्यसमेत रहनुभएकी पाठकले (महिला) क्लस्टरबाट केन्द्रीय सदस्य पदमा जित निकाल्नुभएको छ । उहाँले १ हजार ९१५ मत प्राप्त गर्नुभएको छ ।

पूर्व सांसद एवम् एमालेका मुख्य सचेतक महेश बर्तौलाले खुल्ला क्लस्टरमा उम्मेदवारी दिएर जित निकाल्नुभएको छ । उहाँले १ हजार ५२९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले बागमती प्रदेश भूगोल तर्फको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्य पदमा जित निकाल्नु भएको छ । उहाँले १ हजार ४९८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले एमाले केन्द्रीय सदस्यमा आदीवासी जनजाति खुल्ला क्लस्टरमा जित निकाल्नुभएको छ । उहाँले १ हजार ५०९ मत प्राप्त गर्नुभएको छ भने हेटौँडा–४ का वडा अध्यक्ष समेत रहेनुभएका नविन सिग्देलले केन्द्रीय लेखा आयोग सदस्यमा पदमा जित निकाल्नुभएको छ । उहाँ कुल १ हजार ६१४ मत ल्याएर विजयी हुनु भएको हो । लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव समेत रहनु भएको छ ।

यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक केन्द्रीय सदस्य रहनुभएको थियो ।

Exit mobile version