हेटौँडा : हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत तेरिसा राई आइतबारबाट हराएकी छिन् ।
मकवानपुरको मनहरी गाउँपालिका–५, नयाँबस्ती घर भई हाल हेटौँडा–१० बस्ने तेरिसा आइतबार साँझ ५ बजेर २० मिनेटको समयमा विद्यालयबाट घर नआएको आमा इन्द्र कुमारी राइले जानकारी दिनुभयो ।
इन्द्रकुमारीका अनुसार तेरिसा विद्यालयबाट निक्लिएपछि एउटा मयूरी चढेर गएको सिसिटिभि फुटेजमा देखिएको छ । तेरिसाको परिवारले आइतबारै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएको छ । प्रहरीले तेरिसाको खोजी कार्य जारी रहेको जनाएको छ ।
