Home मुख्य समाचार ४ क्विन्टल ७० किलो लागूऔषध गाँजासहित बोलेरो नियन्त्रण

४ क्विन्टल ७० किलो लागूऔषध गाँजासहित बोलेरो नियन्त्रण

लागूऔषध गाँजा र नियन्त्रणमा लिएको बोलेरो

हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान १ बजेको समयमा भिमफेदी गाउँपालिका अन्तर्गत कालिटार तथा नामटार क्षेत्रबाट विभिन्न स्थानमा लागूऔषध गाँजा बिक्री–वितरण भईरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजासहित बोलेरो नियन्त्रणमा लिएको जनाएको छ ।

नामटारबाट भैसेतर्फ जाँदै गरेको बा १७ च ४२ नम्बरको बोलेरो पिकअपलाई प्रहरीले रोक्न खोज्दा चालक गाडी लिएर भागेको थियो । गाडीलाई पछ्याउँदै जाँदा भिमफेदी–३ पान्द्राङस्थित ढुङ्गा खानीतर्फको भित्री बाटोमा लक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गाडीलाई सुरक्षा जाँच गर्दा पछाडिको ढालाबाट १७ बोरा भित्र ५० पोका, रातो प्लास्टिकले बेरिएको अवस्थामा ४ क्विन्टल ७० किलो गाँजा फेला परेको प्रहरी जानकारी दिएको छ । बरामद गाँजा र गाडीलाई नियन्त्रणमा लिई चालकको खोजि भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version