Home मुख्य समाचार लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–४ का पौडेल पक्राउ

लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–४ का पौडेल पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–४, कर्राका ३६ वर्षीय संजोग पौडेललाई हेटौँडा–९, सिर्जनाटोलबाट पक्राउ गरेको छ ।

मंगलबार बिहाद ११ बजेर ४५ मिनेटको समयमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पौडेललाई लागूऔषध खैरो हेरोइन १ ग्राम ८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट म्याद लिई पौडेललाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version