हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा खानेपानी तथा ढलसम्बन्धी कार्यक्रममा सहभागी हुन थाइल्याण्ड जानुहुने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमका अनुसार नगरप्रमुख लामा खानेपानी तथा ढलसम्बन्धी कार्यक्रममा सहभागी हुन थाइल्याण्ड जान लाग्नुभएको हो ।
नगरप्रमुख लामा मंसिर २७ गते हेटौँडा आइपुग्नुहुने गौतमको भनाइ छ । ‘नगरप्रमुख लामा खानेपानी तथा ढलसम्बन्धी कार्यक्रममा थाइल्याण्ड जानुहुने भन्ने सुनेँ । उहाँले २७ गते हेटौँडा आइपुग्छु भन्नुभएको छ’, प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो, ‘कहिले थाइल्याण्ड उड्ने र त्यहाँबाट कहिले नेपाल फर्कने भन्ने नगरप्रमुख ज्यूले यकिन जानकारी दिनुभएन ।’
यसअघि गत असोज महिनामा पनि नगरप्रमुख लामा दक्षिण कोरिया भ्रमणमा जानुभएको थियो । नगरप्रमुखको वैदेशिक भ्रमणको विषयमा उपमहानगरपालिकाले औपचारिक जानकारी गराउने प्रचलन छैन ।
