Home मुख्य समाचार लागूऔषध मुद्दामा फरार हेटौँडा-४ का इन्द्रबहादुर पक्राउ

लागूऔषध मुद्दामा फरार हेटौँडा-४ का इन्द्रबहादुर पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : मकवानपुर जिल्ला अदालतबाट लागू औषध ओनरेक्स मुद्दामा ३ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भए पनि फरार रहेका एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा–४ घर भई हाल हेटौँडा–१, चाईनाक्वाटरमा डेरा गरी बस्ने ४२ वर्षीय राज कुमार आले मगर भन्ने इन्द्र बहादुर आलेमगरलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले आलेमगरमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

Exit mobile version