हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुयाउनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्याउने र व्यवसायीहरुलाई धम्की दिने समूहलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
सडक डिभिजन कार्यालयको अभियानमा बाधा नपु¥याउन प्रशासनले आग्रह गरेको छ । सडक डिभिजन कार्यालय मकवानपुरले गत मंसिर ५ गते नै सूचना जारी गर्दै सडक विस्तारका लागि तयारी पूरा भएको जनाएको छ ।
प्रशासनका अनुसार, सडक विस्तार अभियानमा सरोकारवाला र हेटौंडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरुले तोकिएको समयसीमा मंसिर २० गते अगावै आफ्ना पसलहरु अन्यत्र सार्ने र सामानहरु ‘सेल’ लगायतका अफर राखेर बिक्रीवितरण गरी सहयोग गरिरहेका छन् ।
तर, केही व्यक्तिहरुले व्यवसायीहरुको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाक–धम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पु¥याउने गतिविधि गरिरहेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने उद्धेश्ले प्रेरित कुनैपनि गतिविधि गर्ने व्यक्तिहरु प्रति पूर्ण सचेत रहेको छ । सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न÷नगराउन पुनः अनुरोध गरिन्छ ।’ सूचनमा उल्लेख छ, ‘यदि कसैले कानुन बर्खिलाप गरी सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिने छ ।’
