जेन्जी आन्दोलनको बलमा बिधटित संसद लाई पूर्नस्थापनाको माग सहित एमाले सडकमा जनसभा गर्देछ।भाद्र २३/२४ गतेकोे आन्दोलनको रापताप सेलाउदै गएपछि एमाले संसद पूर्नस्थापनाको पश्चगामि माग लिएर मूलूकलाई मुठभेडको स्थितीमा लैजान खोज्दैछ । गत भाद्र २३ गते नै वर्तमान संविधान समाप्तिको दिशामा पुगिसकेको थियो । प्रधानमन्त्री हेलिकाप्टर चढेर भागि सकेका थिए भने राष्ट्रपति पनि राजिनामा दिने निर्णयमा पुगिसकेका थिए । स्वयम जेन्जीहरूले चाहेको भए यो संविधान खारेज भएर अन्तरिम शासन विधानबाट मूलूक चलिरहेको हुन्थियो । तर जेन्जीहरूले वर्तमान संविधानलाई नै कायम राखेर भष्टाचार र शुसासनमा जोड दिए । जेन्जिहरू २३/२४ गतेको घटनाको छानबिन गरि दोषिलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गर्दै छन् । तर एमालेका नेता केपि जि २३/२४ गते मुलुकमा केहि नभएको जस्तो ढंगले संसद पूर्नस्थापनाको उल्टो बाटो हिडने कोशिसमा छन । अझ भाद्र २४ गतेको लुटपाट भौतिक संरचनाको क्षतिलाई मुखर रूपमा उठाएर २३ को नरसंहारलाई छात्रछायाँमा पार्ने अतिरञ्जित प्रयास हुँदैछ । यो सरकारले निर्वाचन गर्न सक्दैन, भन्दै संसद पुर्न स्थापनाको असान्द्रर्भिक माग उठायर मुलुकलाई द्वन्द्र र बिद्रोहमा लैजाने आत्माघाति कार्य गर्दैछ । तितो यथार्थ हो जेन्जी आन्दोलनको कारण सरकार दल सबै असफल भयकै हो । देश राज्यबिहिन अवस्थामा पुगेको हो । राष्टपतिले बढो जूक्ति लगाएर संविधान बचाईयो भन्दैछन । तिन्ले सुसिला कार्किलाई सरकारको नेतृत्वमा ल्यायर छ महिना भित्र निर्वाचन सम्पन गरि संविधानलाई लयमा फर्काउन सकिन्छ भन्दैछन ।
तर शुसिला कार्किको सरकारले निर्वाचनको वातावरण निर्माण गर्न सकिरहेको छैन, त्यत्रो नरसंहार गर्ने अपराधिलाई सरकार पक्रन सक्दैन, देश टुक्राउछ भन्नेलाई सरकार मुकदर्शक भएर बस्छ । महेश बस्नेतको अराजकतालाई केहि गर्दैन तर शान्तिपुर्ण बिरोध गर्छू भन्ने दुर्गाप्रसाईलाई आधारातमा अमानविय अप्रजातान्त्रिक ढंगबाट पक्राउ गर्छ । यि तिनै शुसिला कार्की हुन जस्ले रबि लामिछानेलाई घरबाटै राति प्रक्राउ गर्दा चर्को स्वरमा बिरोध गरेकी थिईन । आज आफू प्रधानमन्त्री भएपछि दुर्गालाई सुतिरहेको ठाउमा पक्राउ गर्न लगाईन । मानौ भोलि बिहानै हुँदैन । आखिर तात्विक के भिन्नता देखियो त ? हिजो र आजको सरकारमा, जेन्जिको बलिदानले यस्तै प्रधानमन्त्री खोजेको हो त, ७६ जनाको बलिदान २४२९ जना शक्त घाईते जस्को अंगभंग भएको छ तिन्का सपना माथि साच्चिकै खैलवाड भैरहेको अनुवभ हुन्छ ।
जेन्जीहरूको बिरोध लोकतन्त्रको सुदृढिकरण पनि हो । तात्कालिन समयमा केपीको बिरोध गर्दा युवासंघका गुण्डाले आक्रमण गर्थे । प्रचण्ड शेरवहादूरहरूको बिरोध गर्दा जेलको हावा खानुपर्दथियो । यत्रो परिवर्तन पछि पनि वर्तमान सरकार त्यहि बाटो पछ्याउदैछ । आन्दोलनकारीले केपीको स्थानमा शुसिला कार्की खोजेका होईनन् । सरकारको कार्य शैलिले गर्दा जनता आक्रोशित छन, भष्टाचारीलाई पाचदिनमै पक्राउ गर्न सकिन्छ भन्ने प्रधानमन्त्रि दुईमहिना बित्दा पनि न भष्टाचारी पक्राउ परे, न आन्दोलनका हत्यारा पक्रन सक्यो फलत ः यहि उदासिनताले जेन्जि र आम समूदायमा निरासा बढदो छ । यहि कारणले केपि ओलिको मनोबल उच्च हुदैछ । भर्खर एमाले संसदिय दलको बैठक बस्यो त्यस्ले दुईवटा महत्वपुर्ण निर्णय गर्यो । पहिलो यो सरकारलाई सडकबाटै अस्विकार गर्ने, दोश्रो संसद ब्युताउन रिट दर्ता गरेर अघि बढने, एमाले यो सरकारले गराउने निर्वाचनमा सहभागी नहुने देखिएको छ ।
केपी ओलि यो सरकार कस्ले बनाएको हो, जेन्जीको पनि होईन भन्दै आक्रोशित मुद्रामा आफ्नै नेता र पार्टीको बिरोधमा बोल्ने छूट छैन भन्दै सुरेन्द्रपाण्डे माथी पार्टि र नेतामाथिको हमला भन्दै खनिदै छन् । यिनी अहिले पनि आफ्नो बिरोध सुन्न चाहदैनन् । सारा घटनाक्रम स्पष्ट छ । यो सरकार कसरि बन्यो यस्को जानकारी केपी कमरेडलाई भन्दा अरू कसलाई थाहा होला..? आफू भाग्ने परिस्थितीमा राजिनामा दिईसके पछि आफैले शुसिला कार्कीलाई अन्तरिम सरकारको प्रम रुपमा सिफारिश यिनैले गरेका थिए । परिस्थिती अलिकति अनूकूल हुनेबितिकै ओली आफू अझ शक्तिशालि रहेको हुकार गर्देछन, यो सरकारको टेक्ने जमिन र समाउने हाँगा छैन भन्दैछन त्यसो हो भने आन्दोलन गरेर वर्तमान सरकारलाई अपदस्त गराए भैहाल्यो, अस्विकार गर्ने भनेकै छ । होईन भने सबै शक्तिले बैधता, लोकप्रियता जाच्ने मापन निर्वाचन नै हो ।
भर्खरै जेन्जी आन्दोलनलाई बर्वर दमन र हत्या गरेको आरोपमा भारतमा निर्वासित जिवन बिताईरहेकि बंगलादेशको शेख हसिनालाई त्यहाको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । भारतमा शरण लिईराखेको शेख हसिनालाई बंगलादेशमा बुझाई दिन बंगलादेश सरकारले भारतलाई चिठठी पठाएर आग्रह गरिएको छ । शेख हसिनाले पनि बन्दुक बोकेर फायर खोलिकि थिईनन । तर सरकारको नेतृत्व गरेको कारण यिन्को जवाफदेयिता रह्यो । यिनी त्यस घटनाको सजाय भोग्दैछिन, तर त्यसको ठिक बिपरित केपी ओली कुनै घटनाको जिम्मेवारी लिन तयार छैन मात्र होईन, कार्यकर्ता उचालेर निर्वाचन बिथोल्ने कसरतमा छन । निर्वाचन हुन नस्कने परिस्थितीमा संसद पुर्नस्थापना होला वा भोलि अदालतले पुर्नस्थापना गराईदेला भन्ने आकलन होला जुन सहज छैन, आन्दोलनकारी जेन्जीहरूको लागी संसद पुर्नस्थापना कुनै हालतमा स्विकार्य हुदैन । त्यस्ले हिंसा निम्तिन सक्छ, पछिलो सिमरा (बारा)मा शंकर पोख्रेल र महेशबस्नेतलाई जेन्जीहरूले प्रवेश नै निषेध गरे, कफ्यूकक लगाउनुपर्ने परिस्थिती सिर्जना भयो तसर्थ निर्वाचन नै बिकल्प हो । सबै शक्तीले निर्वाचनको वातावरण बनाउ, संविधानलाई लयमा फर्काउ, अन्यथा यस्तै जबर्जस्ति गरिरहने हो भने देश गृहयुद्धमा जान्छ ।
सेनाको नियन्त्रणमा जाला, बिदेशी शक्ती हाबि होला, मुलुकको स्वाधिनता खतरामा पर्न सक्छ, आजको बर्मा, सिरिया, यमन, युक्रेन जस्तै पुर्पुरोमा हात लाएर लड्ने र मर्ने बाहेक हामिसंग अर्को विकल्प हुने छैन । तसर्थ सर्वपक्षिय सहमति आजको आवश्यकता हो । सहमति हुन सके भने कि थोरै समयलाई संसद पुर्नस्थापना गरि, जेन्जीहरूलाई पनि सांसद बनाउने, (माओवादिको ८३ जना बनाएको जस्तो) जेन्जीससहितको अन्तरिम सरकार बनाउने, त्यस पुर्नस्थापित संसदले संविधान शंशोधन गरि निर्वाचनमा जाने यो पनि बिकल्प त हो तर यो अबेर भईसक्यो । प्रकृयापनि आफैमा जटिल छ । तसर्थ ताजा जनादेश नै उत्तम बिकल्प हो । शुसिला सरकार निवार्चन गर्न तयारि अवस्थामा छ । त्यसैलाई विश्वास गरेर जानूको बिकल्प छैन । शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्ने, त्यहि निर्वाचनबाट आएको शक्तीले सम्बिधान शंशोधन, भष्टाचार सम्बन्धि कडा कानुन, शुसासन सबै पक्षमा काम गर्न सक्छ, तसर्थ निर्वाचन नै आजको अर्जुन दृष्टि हुन जरूरी छ । दलहरूले पूर्नगठन, नयाँ नेतृत्व, एकता, धुर्विकरणको अभियान गरेर पार्टीहरू नयाँ बन्यो पार्टीमा सुदृढ भयो भन्ने सन्देश दिन खोजेपनि जनताले पत्याउने नपत्याउने ताजा जनादेश बाटै हो । अध्यक्ष छोडिसके भनेको देउवा होस वा १२ पार्टी मिलाएर अध्यक्षबाट संयोजक भएका प्रचण्ड हुन, की ईश्वर पोख्रेलसंग अध्यक्ष लड्न तयार केपी ओलि यि जनताले पुर्णरूपले बहिष्कार नगरेसम्म वा आर्यघाट नपुगेसम्म यिन्मा सत्ता छाडने मनस्थिती र छाककटकाट दुबै छैन, यिन्ले पार्टी भित्र आफ्नो बिरोधिलाई स्थापित हुन पनि दिदैनन् ।
यत्रो आन्दोलन पछि पनि यिन्मा हामि अब बिस्तारै बिश्राम लिनुपर्छ भन्ने कतै संकेत छैन । पद शक्तिले अन्धो भएकाहरूलाई जनताको बलबाटै बिस्थापित गर्नूपर्छ । त्यस्का लागी निर्वाचन नै हो । आज आन्दोलनको रापताप सेलायो, जेन्जीहरूले शुसिला कार्कीको राजीनामा मागे भनेर हौसिएर मृत संसद ब्युत्याउने दुस्साहस नगर्दा राम्रो हुन्छ ।
हिजोबालुवाटारबाट घर नगई सिधै गुण्डु पुगेको क्षण बिर्सिएर जसरी अघि बढन खोजिदै छ उहाँहरूले बुझ्न जरूरी छ । अहिलेपनि नेताप्रतिको आम फ्रस्टेशन जिवितै छ । जेन्जी लगायत सबै तह र तप्का जनता परिवर्तन चाहन्छन् त्यो परिवर्तन अब निर्वाचनको मार्फत आऊने फ्रेस म्यान्डेट सरकारबाट मात्र सम्भव छ । तसर्थ निर्वाचनको तयारीमा लागौँ । सर्वपक्षिय सहमति गरौँ । जनता नै सार्वभौम हो जनता मै जाउ । दाया बाया लाग्दा डिरेल भईन्छ । सबैलाई चेतना भया अस्तू ।।
