Home मुख्य समाचार बागमती प्रदेश सभाका सभामुख पाठकको राजीनामा स्वीकृत

बागमती प्रदेश सभाका सभामुख पाठकको राजीनामा स्वीकृत

सभामुख भुवन कुमार पाठक ।

हेटौँडा : बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै सभामुख पाठकले २०८२ भदौ १ गते नै राजीनामा दिनुभएको जानकारी गराएको हो ।

जेन जी आन्दोलनका बेला सभामुख पाठकले उपसभामुख अप्सरा चापागाँइलाई सम्बोधन गरी पदबाट राजीनामा दिनुभएको थियो । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभएको छ ।

सूचना प्रकाशित भएसँगै उहाँको राजीनामा स्वीकृत भएको हो । उहाँ राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएको थियो ।

Exit mobile version