Home मुख्य समाचार मनहरीमा बलबहादुर आफ्नै घरमा मृत फेला

मनहरीमा बलबहादुर आफ्नै घरमा मृत फेला

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६५ वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा राई आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version