Home मुख्य समाचार बनेपामा पुरुष मृत फेला, त्रिशुली नदीले बगाएर घाइते चन्द्राको मृत्यु

बनेपामा पुरुष मृत फेला, त्रिशुली नदीले बगाएर घाइते चन्द्राको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८, बसपार्कनजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१ घर भई हाल बसपार्कनजिक डेरा गरी बस्ने ५२ वर्षीय प्रेम श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । प्रेम आइतबार बिहान ११ बजेको समयमा कोठा भित्र मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै धादिङ जिल्लाको बेनीघाट–रोराङ गाउँपालिका–९, चौकिटारस्थित त्रिशूली नदीले बगाएर घाइते भएकी वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया चन्द्रा डल्लाकोटी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आइतबार बिहान १० बजेको समयमा डल्लाकोटी त्रिशूली नदीले बगाएर गम्भिर अवस्थामा फेला परेकी थिइन् । डल्लाकोटीलाई जोगिमारा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा बिहान ११ बजेर ५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version