Home मुख्य समाचार मिथ्या सूचना र अनलाइन दुव्र्यवहारविरुद्धको कार्यशाला सम्पन्न

मिथ्या सूचना र अनलाइन दुव्र्यवहारविरुद्धको कार्यशाला सम्पन्न

कार्यशालाको समापनपछि सहभागी र आयोजकसहित खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा ‘भ्रमपूर्ण सूचना र अनलाइन दुव्र्यवहारविरुद्ध डिजिटल साक्षरतामार्फत सशक्तीकरण’ विषयक दुई दिने कार्यशाला हेटौँडामा सम्पन्न भएको छ । बुधबार र बिहीबार सञ्चालन गरिएको कार्यशालामा मिथ्या सूचनाको पहिचान, प्रकार, प्रतिकारका उपाय र अनलाइन उत्पीडनसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।

मिथ्या सूचनाका सामाजिक प्रभाव, सञ्चार माध्यमको भूमिकासँगै तथ्यजाँचका अभ्यासबारे पहिलो दिन तिलक पाठकले प्रस्तुती गर्नु भएको थियो । दोस्रो दिन सञ्चारकर्मी सविता आचार्यले अनलाइन उत्पीडनका प्रकार, साइवर सुरक्षा र सामाजिक सञ्जालमा सुरक्षित व्यवहारबारे सहजीकरण गर्नु भएको थियो । कार्यशालामा सहभागीहरूले अनलाइनमा फैलिने गलत सूचनाको पहिचान र त्यसको सामना गर्ने सीपमा अभ्यास गरेका थिए । साथै, मिथ्या सूचनाबाट उत्पन्न हुने सामाजिक ध्रुवीकरण र तथ्यमा आधारित सूचना उत्पादनका उपायमा सामूहिक छलफल गरिएको थियो । कार्यशालामा मकवानपुरका सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रमा सक्रिय युवासहित ३० जना सहभागिता रहेको थियो ।

Exit mobile version