Home मुख्य समाचार फेला परेको शिशुको स्वास्थ्यमा क्रमिक सुधार

फेला परेको शिशुको स्वास्थ्यमा क्रमिक सुधार

स्वास्थ्यमा क्रमिक सुधार भए पशचातको तस्वीर ।

हेटौंडा : करिब एक महिनाघि हेटौंडा–२ स्थित हाम्रो बालगृह बाहिर फेला परेको शिशुको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आइरहेको बताइएको छ । भरतपुर अस्पतालस्थित एनआइसियूमा निरन्तर १ महिनादेखि उपचार भइरहेको शिशुको तौल बिस्तारै बढिरहेको बताइएको हो छ ।

गत असोज १९ गते फेला परेको शिशुको तौल अहिले दोब्बर भएको हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार शिशु फेला परेको समयमा ७ सय ३० ग्राममात्र रहेको शिशुको तौल एक महिनामा वृद्धि भएर एक हजार ३ सय ग्राम पुगेको छ ।

बालिकामा हाल कुनै समस्या नदेखिए पनि तौल डेढ केजी नभएसम्म बिशेष स्याहार (कङ्गारु मदर केयर) मा राख्नुपर्ने चिकित्सकको भनाइ छ । सो सेवा हेटौंडा अस्पतालमा उपलब्ध नभएकाले तौल नपुगुञ्जेल भरतपुर अस्पतालमै राख्नुपर्ने भएपछि सोमबार शिशुको अवस्था बुझ्न भरतपुर अस्पताल पुगेको उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँसहितको टोली शिशु नलिई फिर्ता आएको छ ।

Exit mobile version