Home मुख्य समाचार रास्वपा विस्तारित बैठक : ५ प्रतिनिधिले दर्ता गरे सुझाव प्रतिवेदन

रास्वपा विस्तारित बैठक : ५ प्रतिनिधिले दर्ता गरे सुझाव प्रतिवेदन

रास्वपाको विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरु ।

सौराहा (चितवन) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा ५ जना सदस्यले सुझाव सहितको प्रतिवेदन पेश गरेका छन् । चितवनको सौराहामा आयोजित केन्द्रीय समितिको विस्तारित बैठकमा विभिन्न तहका नेताहरूले आ–आफ्नो लिखित दस्तावेज तथा सुझाव सहितको प्रतिवेदन दर्ता गराएका हुन् ।

बैठकमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले २० पृष्ठको सुझाव सहितको प्रतिवेदन दर्ता गराउनुभएको छ भने डा. बुद्धि शर्मा र मधु अर्यालले तीन पृष्ठको दस्तावेज सहितको प्रस्ताव दर्ता गराउनुभएको छ । केन्द्रीय सदस्य डा. तोशिमा कार्कीले तीन पृष्ठको दस्तावेज पेश गर्नुभएको छ भने रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुसालले एक पृष्ठको दस्तावेज दर्ता गराउनुभएको छ ।

अर्का सदस्य प्रमोद न्यौपानेले ‘संगठनात्मक सुझाव’ शीर्षकमा आफ्नो दस्तावेज पेश गर्नुभएको छ । विस्तारित बैठकमा प्रतिनिधि नभएकाले उहाँको सुझावलाई केन्द्रीय समितिले ग्रहण गर्ने गरी प्रतिवेदन पेश नहुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।

Exit mobile version