Home मुख्य समाचार हेटौँडा क्याम्पसको अध्यक्षमा पुनः पराजुली

हेटौँडा क्याम्पसको अध्यक्षमा पुनः पराजुली

हेटौँडा क्याम्पसको नवनिर्वाचित क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु ।

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुनः आनन्दराम पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १७औं क्याम्पस सभाले पराजुलीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

क्याम्पस सञ्चालक समितिको सदस्यमा बद्रीनाथ शर्मा, प्रदीप कोइराला, नमुना पाण्डे, मदन कुमार दाहाल, रमेश खतिवडा, गुञ्जबहादुर न्यौपाने, बाल गोपाल कँडेल, विवेक राई, सीता बिष्ट, बासुदेव दंगाल, देवराज गौतम, शिवहरी दाहाल, श्रीराम खतिवडा रहनुभएको छ । यस्तै समितिको सल्लाहकारमा श्रीधर पोखरेल, सीताराम बर्तौला, पुरनबहादुर जोशी रहनुभएको छ । कार्यक्रमका सहभागीहरुले क्याम्पसलाई सबै वर्गको साझा र उत्कृष्ट शिक्षा प्रवाह गर्ने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार भएको सभामा क्याम्पसबाट स्नातकको विभिन्न वर्षहरुमा विभिन्न संकायबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु रवि पाठक, बालकुमारी घोरासाइनी, प्रबिना लामा, अशोक कुशवाह, मनिषा थापा, युवराज बिक राजिव फुयाँल र बिष्णुहरी मिश्रलाई पुरस्कृत गरिएको थियो । डा. गणेश लामाको प्रमुख आतिथ्यमा भएको क्याम्पस सभाको उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको विशेष आतिथ्य रहेको थियो ।

Exit mobile version